बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अहिले पनि महिलामाथि  विभेदको अवशेष छ :   मन्त्री थापा

सोमबार, १८ कात्तिक २०७६, १२ : ५४
सोमबार, १८ कात्तिक २०७६

मोरङ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिंसामुक्त देश’ अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिइन् ।

सो अभियानलाई सफल बनाउन तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिँदै उनले अहिले पनि महिलामाथिको  विभेद अवशेषको रुपमा रहेकाले  त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताइन् ।

मन्त्री थापाले महिला मैत्री समाज निर्माणका लागि तीनै तहका सरकारले गम्भीर रुपमा लिई पालिकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव सङ्कलन गर्नाका साथै उक्त अभियानलाई निरन्तरता दिन नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सुसूचित गराउनुपर्ने आवश्यकता  पनि औँल्याइन् ।

एक प्रश्नको जवाफमा उनले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिइन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप