यस्तो छ धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ को फस्टलुक
काठमाडौं– हाँस्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । महाशिवरात्रीको दिन अर्थात फागुन ९ गते प्रदर्शन मिति तोकिएके फिल्मको पोस्टरमा सिताराम ढाका टोपीमा देखिएका छन् ।
फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । सिताराम र कुञ्जनाको अलवा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारको समेत अभिनय रहेको फिल्मको फष्टलुकमा कसैले प्रथामिकता पाएका छैनन् ।
रुपाकोट र पोखरामा छायाँकन भएको फिल्म समसामयिक व्याङ्ंग्यमा निर्माण भएको हो । ‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस–सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् । ‘सेन्टी भाइरस’को सह–निर्मातामा फूर्पा लामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण