सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
- मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकमा सरकारबाट फिर्ता हुन लागेका मन्त्रीलाई धन्यवाद दिइएको छ ।
- बैठकले 'स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३' को मस्यौदा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सकिएको छ । मन्त्रीहरू फेरबदल अघि मन्त्रिपरिषद् बैठक राखिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा सरकारबाट फिर्ता हुन लागेका मन्त्रीलाई धन्यवाद दिइएको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले बिदाइ हुनुअघि मन्त्रिपरिषद् बैठकमा सहभागी भएको बताए । मन्त्रिपरिषद् बैठकबाट बाहिरिएपछि उनले भने, ‘यो एक प्रकारले बिदाइजस्तै हो, बिदा हुनुअघि सामूहिक रूपमा सबै मन्त्री बसेर धन्यवाद आदान–प्रदान गरियो ।’

मन्त्रिपरिषद् बैठकले 'स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्ड, २०८३' को मस्यौदा स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
उनले आफूहरू सरकारबाट फिर्ता हुन लागेको जिकिर गर्दै यसमा दुःख मान्नुपर्ने कुनै कारण नरहेको बताए । आन्तरिक सन्तुलन मिलाउन यस प्रकारको हेरफेरलाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री शाहले मन्त्रिपरिषदमा हेरफेर गर्ने योजना बनाएका छन् । सोही अनुसार सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी भएको छ ।
सम्भवतः आजै मुख्यमन्त्री शाहले नयाँ मन्त्रीहरू नियुक्त गर्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण