सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका प्रतिवादी सुन्धाराबाट पक्राउ

सोमबार, २५ जेठ २०८३, १५ : ०३
सोमबार, २५ जेठ २०८३

सारांश

  • अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) काठमाडौँको सुन्धाराबाट पक्राउ परेका छन्।
  • लवट जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए।
  • पक्राउ परेका लवटलाई प्रहरी वृत्त जनसेवामा राखी थप अनुसन्धान भइरहेको छ।

काठमाडौँ। अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन्।

काठमाडौँको तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकैबाट नियन्त्रणमा लिइएको हो।

लवट यसअघि जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए। त्यसबेलादेखि नै फरार रहेका उनको खोजीमा खटिएको प्रहरी टोलीले विशेष खोजतलासका क्रममा सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका लवटलाई अहिले काठमाडौँकै प्रहरी वृत्त जनसेवामा राखेर घटनाका सम्बन्धमा थप कानुनी कारबाही तथा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप