सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी

सोमबार, २५ जेठ २०८३, १६ : ३९
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।
  • यसअघि प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका थिए ।
  • धामीको राजीनामा लगत्तै संसदीय दलको नेता शाहले खड्कालाई मनोनीत गरेका हुन् ।

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (संशोधन सहित)को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई प्रमुख सचेतकमा मनाेनीत गरेका हुन् ।

यसअघि प्रमुख सचेतक विक्रम सिंह धामीले राजीनामा दिएका थिए । धामीको राजीनामा लगत्तै संसदीय दलको नेता शाहले खड्कालाई मनोनीत गरेका हुन् ।

संसदीय दलको पदाधिकारी हेरफेरलाई मन्त्री हेरफेरकै हिस्साका रुपमा हेरिएको छ । प्रमुख सचेतकबाट राजीनामा दिएका धामी अब सरकारमा सहभागी हुने चर्चा छ भने प्रमुख सचेतकमा सोमबार मनोनीत खड्का सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा थिइन् ।

धामीलाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिने चर्चा छ । अहिलेसम्म राज्यमन्त्रीको भूमिकामा रहेकी खड्कालाई भने सरकारबाट फिर्ता बोलाएर संसदीय दलको पदाधिकारी बनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप