नेपाली भूभाग भारतको नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘सो भूभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्वीकार्य छ ।’
राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ । साथै यस कार्यको कुटनीतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न राप्रपाले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली स्वीकृत
-
बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता
-
विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
-
संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह
-
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
-
शान्ति सम्झौता ‘सकियो’ : फेरि किन आमनेसामने भए अमेरिका र इरान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण