चरेससहित एक जना पक्राउ
बुटवल । पाल्पामा बसमा यात्रा गरिरहेका एक युवकबाट ब्राउन सुगर र चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिका–३, आर्यभञ्ज्याङस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग२ख २४४४ नम्बरको बसमा सवार तानसेन नगरपालिका–६ निवासी २४ वर्षीय हेमन्त खड्कालाई पक्राउ बुधबार गरिएको हो।
प्रहरीले शङ्काका आधारमा उनको शरीर तथा साथमा रहेको झोला खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ११० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ६ ग्राम २१० मिलिग्राम बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णराज उपाध्यायका अनुसार पक्राउ परेका खड्काविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट १५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण