विश्वकपको उत्सवबिच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान
सारांश
- अमेरिकी एफबीआई र संघीय सरकारी अभियोजकहरूले अर्जेन्टिनी फुटबल संघ (एएफ) का अमेरिकास्थित आर्थिक कारोबारबारे अनुसन्धान अघि बढाएका छन् ।
- अनुसन्धानको मुख्य केन्द्र टुरप्रोडइन्टर कम्पनी रहेको छ, जसले प्रायोजक तथा साझेदारसँगका अन्तर्राष्ट्रिय सम्झौताबाट प्राप्त रकम संकलन गर्दै आएको थियो ।
- यस अनुसन्धानमा सम्पत्ति शुद्धीकरण वा अमेरिकी बैंकिङ प्रणालीमार्फत हुने ठगीजस्ता अपराधको सम्भावनाबारे जानकारी संकलन गरिएको छ ।
काठमाडौँ । अमेरिकी एफबीआई र संघीय सरकारी अभियोजकहरूले अर्जेन्टिनी फुटबल संघ एफएका अमेरिकास्थित आर्थिक कारोबारबारे अनुसन्धान अघि बढाएका छन् ।
अनुसन्धानको केन्द्रमा एफए अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाको नेतृत्वमा गरिएको वित्तीय कारोबार तथा टुरप्रोडइन्टर कम्पनीसँगको व्यावसायिक सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अर्जेन्टिनाको दैनिक ला नासियोन का अनु सार अमेरिकी संघीय अभियोजक र एफबीआईका एजेन्टहरूले एफए का अमेरिकामा भएका वित्तीय कारोबारबारे सम्बन्धित व्यक्तिहरूको बयान लिन थालेका छन् ।
अमेरिकी न्याय विभागका अनुसन्धानकर्ताहरूले एफएले अमेरिकी वित्तीय प्रणालीमार्फत ३०० मिलियन अमेरिकी डलरभन्दा बढी रकम कसरी परिचालन गर्यो र ती कारोबारमध्ये कुनैले अमेरिकी कानुनअन्तर्गत पर्ने अपराध जन्माएको हुन सक्ने वा नसक्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
समाचारअनुसार एफबीआईका अधिकारीहरूले व्यवसायी गिलेर्मो तोफोनीसँग जुम भिडिओ कन्फरेन्समार्फत छलफल गर्दै एफएसँग सम्बन्धित केही वित्तीय कारोबारले सम्पत्ति शुद्धीकरण ९मनी लन्डरिङ० वा अमेरिकी बैंकिङ प्रणालीमार्फत हुने ठगीजस्ता अपराधको रूप लिन सक्ने सम्भावनाबारे जानकारी संकलन गरेका छन् ।
अनुसन्धान सन् २०२५ देखि सुरु भएको बताइएको छ । यसमा वासिङ्टन डीसीस्थित संघीय अभियोजक प्याट्रिक गुशु र क्रिस्टोफर टिङ तथा फ्लोरिडाको दक्षिणी जिल्लाका अभियोजक माइकल बर्जर संलग्न छन् । गुशु अमेरिकी न्याय विभागको बैंकिङ इमानदारी इकाइसँग आबद्ध छन् भने बर्जरले यसअघि इक्वेडरका पूर्वमहालेखा नियन्त्रक कार्लोस रामोन पोलित फाज्जियोनीविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा काम गरेका थिए ।
अनुसन्धानको मुख्य केन्द्र टुरप्रोडइन्टर कम्पनी रहेको जनाइएको छ। एफएले प्रायोजक तथा अन्य व्यावसायिक साझेदारसँग गरेका अन्तर्राष्ट्रिय सम्झौताबाट प्राप्त रकम संकलन गर्ने जिम्मेवारी यही कम्पनीले सम्हाल्दै आएको थियो ।
उक्त कम्पनीमार्फत एडिडासबाट करिब ६० मिलियन अमेरिकी डलर र वार्नरबाट करिब ४० मिलियन अमेरिकी डलरसहित सयौँ मिलियन डलर बराबरको रकम परिचालन भएको बताइएको छ । यद्यपि हालसम्म एफए वा यससँग सम्बन्धित कुनै पनि अधिकारीविरुद्ध औपचारिक अभियोग दर्ता भएको वा दोषी ठहर गरिएको जानकारी सार्वजनिक भएको छैन ।
अनुसन्धान प्रारम्भिक चरणमै रहेको र अमेरिकी अधिकारीहरूले वित्तीय कारोबारको वैधानिकता तथा सम्भावित कानुनी उल्लङ्घनबारे प्रमाण संकलन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण