मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

वन कार्यालयका कर्मचारी घुससहित पक्राउ

मङ्गलबार, २३ असार २०८३, २० : ०७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ।
  • सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कर्जन्हा नगरपालिका-४ बाट यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
  • यादवले तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै प्रति ट्रक चार हजार रुपैयाँका दरले १२ हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ।

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका बेला कर्जन्हा नगरपालिका–४ बाट यादवलाई मंगलबार नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै यादवले प्रति ट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए।

घुस मागिएपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए। त्यसपछि आयोगले 'स्ट्रिङ अपरेसन' सञ्चालन गरी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

अख्तियारका अनुसार घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्ने कार्य भइरहेको छ।

यस विषयमा डिभिजन वन कार्यालय लहानका प्रमुख बेचन चौधरीले घटनाबारे भर्खरै जानकारी पाएको र कुन विषयमा तथा कससँग घुस लिएको भन्नेबारे थप विवरण बुझ्ने प्रयास भइरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप