बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

कर्णाली नदीको डङ्डगे क्षेत्रमा अर्को शव भेटियो, सनाखत हुन बाँकी

बुधबार, २४ असार २०८३, १७ : ५८
बुधबार, २४ असार २०८३

सुर्खेत । कर्णाली नदी अन्तर्गत पश्चिम सुर्खेतको डङ्डगे क्षेत्रमा एक महिलाको शव भेटिएको छ । यद्यपि उक्त शवको पहिचान भने भइसकेको छैन ।

मङ्गलबार बेलुका चौकुने गाउँपालिका—४ डङ्डगे स्थित कर्णाली नदीमा मानिस मानिसको मृत लास स्थानीयले देखेका थिए ।

बुधबार प्रहरी चौकी बिजौराबाट गएको टोली पैदल शव भेटिएको स्थानमा पुगेर पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, शव १८/१९ वर्षको महिलाको रहेको छ । सनाखत भइनसकेकोले साङ्गेतडा दुर्घटनाको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले बताए ।

महिलाको भएको हुनाले साङ्गेतडा दुर्घटनामा परी कर्णालीमा बेपत्ता भएकी कालिकोट रास्कोट नगरपालिका–२ का सिर्जना खड्काको हुन सक्ने आकलन प्रहरीले गरेको छ ।

बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो।

गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो। गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए।

दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो ।

यद्यपि सिजना, पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८, का तुलाराम सुबेदी र सहचालक राम प्रसाद सुवेदीको अवस्था अज्ञात छ । चालक र सहचालक दुई दाजुभाइ हुन्।

डङ्डगेमा भेटिएको शव उनै सिर्जनाको हुन सक्ने आकलन गरिएको छ। किनकि उक्त गाडी दुर्घटना भएपछि कर्णालीमा कोही डुबेको विवरण आएको छैन ।

सिर्जनाको उमेर पनि १८/१९ वर्षकै रहेको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप