मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला

मङ्गलबार, २३ असार २०८३, १९ : ४७
मङ्गलबार, २३ असार २०८३

सारांश

  • विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा ६ किलो सुनसहित पक्राउ परेका बलराम प्रसाद गुप्ताबाट बरामद भएको ७३ लाख ३० हजार ५ सय रुपैयाँ जफत गर्ने फैसला सुनाएको छ ।
  • स्रोत नखुलेकाले उक्त नगद रकम जफत हुने फैसला विशेष अदालतका न्यायाधीशहरूको इजलासले गरेको हो ।
  • बलराम प्रसाद गुप्ता सुन चोरी निकासी पैठारी मुद्दामा दोषी ठहर भइसकेकाले सरकारले नगद पनि अवैध सुनकै कारोबारबाट आर्जित भएको दाबी गरेको थियो ।

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा ६ किलो सुनसहित पक्राउ परेका बलराम प्रसाद गुप्ताबाट बरामद भएको ७३ लाख ३० हजार ५ सय रुपैयाँ जफत गर्ने फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशहरू मंगलबार हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त नगद रकमको स्रोत नखुलेकाले जफत हुने फैसला गरेको हो ।

बलराम प्रसाद गुप्ताको साथबाट ६ किलो सुन र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद भएको थियो । सुनको हकमा यसअघि नै 'सुन चोरी निकासी पैठारी' मुद्दामा उनी दोषी ठहर भइसकेका थिए ।

सोही आधारमा सरकारले उक्त नगद पनि अवैध सुनकै कारोबारबाट आर्जित भएको दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप