विषादीको व्यवसाय जथाभावी गर्न नपाइने
दाङ । विषादी बिक्री, वितरण, भण्डारण तथा जथाभावी व्यवसाय गर्न निषेध गरिएको छ ।
‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१’ अनुसार कुनै व्यक्ति वा संस्थाले विषादीको खुद्रा बिक्री, भण्डारण वा व्यावसायिक कारोबार गर्न सम्बन्धित निकायबाट अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।
ऐनअनुसार इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ । इजाजतपत्र प्राप्त गर्न मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तीर्ण वा कृषि तथा पशुपालन विषयमा टीएसएलसी वा जेटिए उत्तीर्ण गरेको हुनुपर्नेछ ।
विषादी बिक्रेताले खाद्यपदार्थ तथा भेटेरिनरी औषधि भण्डारण वा बिक्री गर्ने स्थानमा विषादी राख्न नपाउने व्यवस्था ऐनमा गरिएको छ । त्यसैगरी गर्भवती महिला, बालबालिका, मादक पदार्थ सेवन गरेका व्यक्ति तथा मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई विषादी बिक्री वा यसको प्रयोगमा संलग्न गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
ऐनमा जैविकबाहेक अन्य रासायनिक विषादीको सार्वजनिक सञ्चारमाध्यमबाट विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ । साथै व्यावसायिक रूपमा विषादी छर्किएपछि उक्त स्थानमा सर्वसाधारणको जानकारीका लागि चेतावनीमूलक सङ्केत टाँस्नुपर्ने उल्लेख गरिएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य यमबहादुर नेपालीले उक्त ऐनले प्रदेशमा विषादीको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर १५ जनालाई के–कति सजाय होला ?
-
बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
-
नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
-
२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण