रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
सारांश
- रौतहटको ईशनाथ नगरपालिकामा जग्गा विवादका क्रममा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
- पुरानो जग्गा विवादलाई लिएर दुई पक्षबीच भनाभन हुँदा ६० वर्षीय बुटन साहको मृत्यु भएको हो।
- घटनामा संलग्न भएको आरोपमा प्रहरीले बाबुछोरा राममहेश्वर साह र रामऔतार साहलाई पक्राउ गरेको छ।
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता वसन्त गौतमका अनुसार गएराति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबिच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो।
विवाद चर्किँदै जाँदा हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा राति करिब ९ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा रामबहादुर साहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राममहेश्वर साह तथा झैझगडामा संलग्न उनका बुवा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार पुरानो जग्गा विवादकै कारण घटना भएको प्रारम्भिक रूपमा खुलेको छ। प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण