नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
सारांश
- काठमाडौँ जिल्ला प्रहरी परिसरले नागढुङ्गा चेक प्वाइन्टबाट ६ टन ९५० केजी अवैध काठको कोइला र एउटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ ।
- कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको ट्रक जाँच गर्दा बिना इजाजत ओसारपसार गरिएको उक्त कोइला फेला परेको थियो ।
- प्रहरीले बरामद गरिएको कोइला र ट्रकसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाएको छ ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जना मानिस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुकी काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले उनीहरूलाई समातेको हो ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गरेको थियो । उक्त ट्रकमा जाँच गर्ने क्रममा बिना इजाजत ओसारपसार गरिएको ६ टन ९५० केजी अवैध काठको कोइला फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त कोइलाको बजार मूल्य अन्दाजी ५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको छ । अवैध कोइलासहित प्रहरीले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ७ बस्ने ३६ वर्षका शिवराज चौधरी र कपिलवस्तु जिल्लाको विजय गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षका कमल किशोर केवटलाई नियन्त्रणमा लिएको छ ।
कोइला ओसारपसारमा प्रयोग गरिएको ट्रकसहित दुवै जनालाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि जिल्ला वन कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण