बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बजेट विवाद समाधान गर्ने विषयमा सुदूरका मुख्यमन्त्री र महामन्त्रीबिच भेटवार्ता

बुधबार, २४ असार २०८३, १८ : ३०
बुधबार, २४ असार २०८३

धनगढी । सुदूरपश्चिमको बजेट विवाद कसरी समाधान गर्ने भन्ने विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका महामन्त्री पौडेलबिच छलफल भएको छ। बुधबार धनगढीस्थित मुख्यमन्त्री निवासमा बुधबार दिउँसो ३ देखि ४ बजेसम्म भएको भेटवार्ता  बजेट विवादका विषयमा छलफल भएको हो।

सरकारले ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकारका डम्बर बहादुर बमले बजेटमा देखिएका केही प्राविधिक त्रुटिहरूलाई समाधान गरेर बजेट पारित गराउने विषयमा महामन्त्री पौडेल र मुख्यमन्त्री शाहबीच सकारात्मक छलफल भएको बताए।

मुख्यमन्त्रीसँगको भेटअघि महामन्त्री पौडेलले नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूसँग भेटघाट गरी उनीहरूको असन्तुष्टि र मागका बारेमा जानकारी लिएका थिए। बजेटलाई लिएर गठबन्धनभित्र देखिएको किचलो बुझ्न र निकास निकाल्न बुधबार बिहान कांग्रेस महामन्त्री पौडेलसँगै नेकपा एमालेका नेता डा. पुष्प कँडेल पनि धनगढी आइपुगेका हुन्। दुवै नेताले आ–आफ्नो दलका प्रदेशस्तरीय नेता तथा प्रदेशसभा सदस्यहरूसँग बजेट विवादको अवस्था र समाधानका उपायबारे छलफल गरिरहेका छन्।

एमाले नेता तथा प्रतिनिधि सभा सदस्य डा. पुष्प कँडेलले भने बुधबार मुख्यमन्त्री शाहसँग भेट गरेका छैनन्। उनले आफ्नै दलका सांसदहरूसँगको परामर्शलाई तीव्रता दिएका छन्।

प्रदेश सभाको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। त्यसअघि नै दलहरूबिच सहमति जुटाउने प्रयास भइरहेको छ। महामन्त्री पौडेल आज धनगढीमै बस्ने र भोलि पनि बजेटकै विषयमा थप छलफल गरेर मात्र फर्कने कार्यक्रम रहेको छ।

बुधबार अपराह्न ४ बजे उक्त बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको थियो । तर बैठक सुरु हुने समयसम्म सरकारका कुनै पनि प्रतिनिधि उपस्थित नभएपछि सभामुख भीम भण्डारीले बैठक स्थगित गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप