प्रदेश नम्बर २ मा यसरी सम्झना गरियो मैथिली महाकवि विद्यापतिलाई
जनकपुर– जनकपुरधाम मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा जनकपुरमा ‘विद्यापति स्मृति पर्व’ मनाइएको छ । आइतबार विद्यापति स्मारक संरक्षण समितिले आयोजनामा स्मृति पर्व मनाइएको हो । स्मृति पर्वको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग गर्न नमिल्ने बताए ।
निधिले जीवन, व्यवहार र सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषीमात्र नभएर नेपाली साहित्यकार समेत प्रशंसक छन्,’ निधिले भने– ‘विद्यापतिले मैथिली भाषा सम्बद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न् ।’
मैथिली भाषाको प्राचिन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नम्बर २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले मैथिली भाषाका कवि कोकिलका रुपमा चिनिएका विद्यापतिको स्मृति पर्व प्रदेश र स्थानीय सरकारले नमाउनु आपत्तिजनक रहेको बताए । विद्यापति मैथिली भाषाको प्रतिष्ठित साहित्यकार रहेपनि प्रदेश र स्थानीय सरकारले महत्व नदिएको उनको गुनासो थियो ।
त्यस्तै, नेपाली काँग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले पहिचानको आन्दोलन गरेर सत्तामा पुगेका मधेश केन्द्रित दलहरु मैथिली र मिथिलाको पहिचान अन्त्य गर्ने प्रपञ्चमा लागेको आरोप समेत लगाए । विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विजयदत्त मणि, काशिकान्त झा लगायत आधा दर्जन कविहरुले मैथिली कविता वाचन गरेका थिए ।
वीरगञ्जमा यसरी सम्झना भयो विद्यापतिलाई
मैथिली भाषाका महाकवि विद्यापतिको वीरगंजमा पनि सम्झना गरिएको छ । महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण गरि उनको सम्झना गरिएको हो । मैथिली साहित्य परिषद वीरगंज र पण्डित अमृतनाथ चिन्तन प्रतिष्ठानको आयोजनामा भएको माल्यार्पण कार्यक्रममा परिषदका अध्यक्ष महेश दासले महाकवि विद्यापतिका काव्य कृतिहरु अहिले पनि समय सान्दर्भिक रहेकोले लोक जीवनमा उनी जीवित र अमर रहेको बताए कार्यक्रममा प्रा.डा. वासुदेवलाल दासले विद्यापतिको जीवनी र कृतिबारे चर्चा गर्दै विद्यापतिद्वारा रचित गीत समेत गाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम निरन्तर, प्रहरीको बढुवा अनुमानयोग्य बनाउने घोषणा
-
बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ
-
पत्रकारसँग मुख्यमन्त्री कँडेलको एक घण्टा : मसँग दन्ते कथा छैनन्
-
प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
हलिउडमा पुनरागमन गर्दै तब्बु