सहकारी ठगी प्रकरण
प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ
मङ्गलबार, ०१ जेठ २०८१, २० : ०७
काठमाडौँ । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्धेश्यिय सहकारीको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पोखराको विभिन्न ठाउँमा ८ जनालाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा निवर्तमान अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, ब्यवस्थापक ३६ वर्षीया निरु थापा केसी, ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, कानुनी सल्लाहकार इन्द्र प्रसाद बराल, पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सल्लाहकार मान बहादुर गुरुङ छन् ।
सहकारीका पदाधिकारीहरू र पूर्व सञ्चालकहरूले १ अर्ब ५४ करोड १५ लाख निक्षेप अपचलन गरेकोबारे अनुसन्धान गर्न सहकारी रजिष्टारको कार्यालयले लेखेर पठाएको एसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण