बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा युवक पक्राउ
मङ्गलबार, ०१ जेठ २०८१, २० : २५
काठमाडौँ । बेलायत पठाउँछु भनेर ४१ लाख ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–२० घर भएर कीर्तिपुर बस्ने योगेन्द्र बाग छन् ।
२३ वर्षका बागलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
सामाजिक संजाल फेसबुकमा ‘निशा टुर्स लिमिटेड’ नामको आइडी मार्फत कुरा गरेर उनले पीडितहरूलाई बेलायतमा वर्किङ्ग भिसामा पठाउने सपना देखाएर रकम असुलेका हुन् । ४१ लाख १५ हजार असुलेपछि उनी सम्पर्क विहीन भएको एसपी रेग्मीले जानकारी दिए । उनलाई ठगी मुद्दामा कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण