हलिउडमा पुनरागमन गर्दै तब्बु
नयाँ दिल्ली । तब्बु भारतीय सिनेमा जगतकी प्रतिभाशाली अभिनेत्रीमध्ये एक हुन् । पछिल्लो समय करीना कपूर र कृति सेननको साथमा तब्बुको क्रु फिल्म आएको थियो ।
यो फिल्म हिट भयो । तब्बुले कयौं स्मरणीय भूमिका निर्वाह गरेकी छिन् । अभिनेत्री पुनः हलिउड प्रोजेक्टमा काम गदैछिन् । ओस्कार विजेता फिल्म ड्यूनको प्रिक्वल सिरिज ड्यूनः प्रोफेसीमा तब्बुलाई पनि लिइएको छ ।
यो कहानी वेब सिरिजमा देखाइनेछ । यसअघि अभिनेत्रीले हलिउडमा द नेमसेक र लाइफ अफ पाईमा पनि काम गरिसकेकी छिन् । भेराइटीमा छापिएको खबरका अनुसार तब्बुलाई स्ट्रिमिङ प्लेटफर्म म्याक्सका लागि बनिरहेको ड्यूनको प्रिक्वल सिरिजमा काष्ट गरिएको छ । यो सिरिजमा तब्बुले सिष्टर फ्रेन्चेस्काको भूमिका निर्वाह गर्दैछिन् ।
तब्बुको पछिल्लो हलिउड प्रोजेक्ट लाइफ अफ पाई २०१२ मा रिलिज भएको थियो । यस फिल्ममा तब्बुको साथमा इरफान खान, आदिल हुसैन र सूरज शर्माले काम गरेका थिए । यो फिल्मले चार वटा ओस्कर अवार्ड जितेको थियो ।
बलिउडको कुरा गर्ने हो भने तब्बुले भूल भुलैया २, दृश्यम, भोला र क्रुमा काम गरेकी छिन् । यीमध्ये केही फिल्म ब्लकबष्टर साबित भए । तब्बु छिट्टै अजय देवगनको साथमा औरो में कहाँ दम थामा देखिँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण