त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे, दक्षिणतर्फको २ महिनाभित्रै सञ्चालनमा
बिहीबार, २८ कात्तिक २०७६, ०७ : २८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने प्राधिकरणले जानकारी दिएको छ ।
दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘रिमोट पार्किङ वे’ गत जेठ महिनादेखि नै सञ्चालनमा आइसकेको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरिरहेको छ ।
दक्षिणतर्फको पार्किङ वे असोज महिनादेखि नै तयार गर्ने भनिएपनि सामाग्री आपूर्ती लगायत समस्याले केही ढिला हुने गएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
-
चार दिनपछि खुल्यो 'हिट एन्ड रन' को रहस्य : टिपर चालक पक्राउ
-
सरकारले गरेका नीतिगत घोषणालाई अब नयाँ नेतृत्वले कार्यान्वयन गराउनुपर्छ : अध्यक्ष कार्की
-
सडक भाँसिएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
पहिले झोलामा खोला थियो, अहिले खोलामा झोला जस्तो अवस्था छ : उत्तम भ्लोन लामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण