‘पल्सर डेयर भेन्चर ४’ अब नोभेम्बर १६बाट शुरु
काठमाडौं– बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर डेयर भेन्चर सिजन ४’ रिफ्रेसड बाई स्प्राईट लिएर आएको छ ।
पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ एचडी ( ब्एज्ञ ज्म् ) टिभीमा प्रसारण हँुदैछ ।पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो ।
पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ । राइडरहरुले आफ्नो बाइकिङ सीप र प्रतिभा प्रदर्शन गर्नुका साथै यात्रा भरि असीमित रोमान्चक अनुभव बटुलेका छन् ।
सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण