कांग्रेसको गुनासोपछि आचारसंहिताका सवालमा निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा योजना छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न र नराउन सरोकारवालालाई निर्देशन दिएको छ ।
आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमहरुमार्फत योजना छनोट र बजेट बाँडफाँड नगर्न र नगराउन आयोगले निर्देशन दिएको हो ।
नेपाली कांग्रेसले विभिन्न जिल्ला र स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रममार्फत धमाधम योजना छनोट र बजेट बाँडफाँड भइरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो ।
लगत्तै आयोगले आचारसंहिता पालनामा गम्भीर हुन सरोकारवालालाई निर्देशन दिएको हो ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहितामा उल्लेख भएका बुँदाहरु नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, आमसंचार माध्यम, निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीसमेतले पालना गर्न, गराउनु सरोकारवालाको कर्तव्य भएको प्रष्ट पारेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहको उपनिर्वाचन हुने स्थानीय तहमा निर्वाचन आचारसंहिताको परिच्छेद ३ को दफा ७ बमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्नु आचारसंहिता विपरीत हुने आयोगले प्रष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण