स्थानीय तहका केन्द्रलाई जोड्न १ खर्बको आयोजना
मुलुकका सबै स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्न सरकारले झन्डै एक खर्ब रुपैयाँको योजना अघि बढाएको छ । चालु आर्थिक वर्षदेखि सुरु गरिएको ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ मार्फत् ३६८ नगरपालिका/गाउँपालिकाका केन्द्रहरुलाई कालोपत्र सडकले जोड्न सो लगानी आवश्यक हुने प्रारम्भिक प्रक्षेपण गरिएको हो ।
अहिले मुलुकभर कालोपत्र सडकको संख्या निकै कम भएको अवस्थामा सरकारले ग्रामीण तथा स्थानीय तहका सडकलाई गुणस्तरीय बनाउन ठूलो बजेटको आयोजना अघि सारेको छ । ग्रामीण सडकहरु गुणस्तरीय नहुँदा वर्षेनि जनधनको क्षतीसमेत हुँदै आएको छ ।
संघीयता कार्यन्वयनमा आएसँगै प्रदेश सरकार मतहतबाट ती स्थानीय तहका केन्द्रलाई नजीकको राजमार्ग तथा जिल्लाका कालोपत्र सडकसँग जोड्ने गरी यो योजना अघि बढेको स्थानीय पूर्वाधार विकास विभाग (डोलिडार) का महानिर्देशक रामचन्द्र श्रेष्ठले जानकारी दिए । यो समाचार आजको अभियानमा हिमा विकले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण