काठमाडौंबाट हिमालय एयरलाइन्सको उडान अब चाङ्सामा
काठमाडौं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ । नेपाली (निजी लगानी) र चीनको संयुक्त लगानी रहेको हिमालयले बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चाङ्सा हुवानगुआ अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो उडान भरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
हुनान हिमालयको दोस्रो गन्तव्य हो । यसअघि गत कात्तिक १० गते चीनको बेइजिङस्थित डाक्सी इन्टरनेशनल एयरपोर्टमा हिमालयले पहिलो उडान शुरु गरेको थियो । चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहरमध्येको एक मानिन्छ । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनुअघि नयाँ बजार अन्वेषण गर्दै सो प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकलाई सेवा दिने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।
एअरलाइन्सले सातामा एक दिन (बुधबार) काठमाडौँबाट चाङ्सा उडान गर्ने र सोही दिन काठमाडौँ फर्कने गरी तालिका सार्वजनिक गरेको छ । चीनमा नयाँ–नयाँ गन्तव्य विस्तारको योजनानुसार चाङ्सा उडान शुरु भएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । कम्पनीका अध्यक्ष जोउ इन्योङले चीनमा कम्पनीको उपस्थिति व्यापक बनाउने योजना रहेको बताए । काठमाडौँ–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिने र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने एअरलाइन्सको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण