सरकार टुटल-पठाओको पक्षमा !
काठमाडौं । टुटल र पठाओ सेवा संचालनका लागि सरकार सकारात्मक देखिएको छ । आइतबार सिंहदरबारस्थित यातायात मन्त्रालयमा यातायात मन्त्री बसन्त नेम्वाङ र पठाओ सञ्चालकबीच सेवा संचालनका सम्बन्धमा छलफल भएको थियो ।
उक्त छलफलमा यातायातमन्त्री नेम्वाङ टुटल र पठाओ सेवा संचालनका लागि सकारात्मक देखिएको पठाओ सञ्चालक असिममान बस्नेतले जानकारी दिए । साथै उनले भोलिसम्म टुटल र पठाओ सेवा संचालनमा देखिएको समस्या समाधान हुने आशा व्यक्त गरे ।
यस्तै पठाओका सञ्चालक बस्नेतले ट्राफिकको कारबाही परेका पठाओ चालकको जरिवाना शुल्क पठाओले नै ब्यहोर्ने बताए । आतइबार विभिन्न ठाउँमा पठाओ चालक कारबाहीमा परेका थिए । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा ट्राफिक प्रहरीले पठाओ चालकलाई १ हजार रुपैयाँ जरिवाना चिट काटेको थियो ।
तर यातायात व्यवसायीहरुले टुटल र पठाओ जस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति भएको भन्दै विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरी र यायतायात व्यवसायीसँग ४ मंसिरमा चएको छलफल टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा
-
नेविसंघको नारा : चिया छानेको सहकारी ठग जोगाउन कत्ति जानेको (तस्बिरहरु)
-
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
-
बारले उठायो सर्वोच्चको न्यायाधीश नियुक्ति र प्रधानन्यायाधीशको संवैधानिक परिषद्मा सहभागितामा प्रश्न
-
चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-
अख्तियारको कर्मचारी भन्दै विद्यालयका शिक्षक धम्क्याएको आरोपमा पक्राउ