शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बराबरीमा सकियो युनाइटेड डर्बी

सोमबार, ०९ मङ्सिर २०७६, ०९ : ३५
सोमबार, ०९ मङ्सिर २०७६

इङ्लिस प्रिमियर लिग फुटबलको युनाइटेड डर्बी बराबरीमा सकिएको छ । आइतबार राति भएको खेलमा सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेडले ३–३ गोलका बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदानमा सेफिल्ड युनाइटेडका लागि जोन फ्लेक, ल्यास मोउसेट र ओलिभर म्याकब्रुनेले गोल गरे । युनाइटेडका ब्रान्डन विलियम्स, मासन ग्रीनवुड र मार्कुस रासफोर्डले गोल गरे । सेफिल्डले १९औं मिनेटमा जोन फ्लेकको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ५२औं मिनेटमा ल्यास मोउसेटले गोल गर्दै सेफिल्डको अग्रता दोब्बर बनाए ।

त्यसपछि युनाइटेडले आठ मिनेटको अन्तरमा तीन गोल फर्कायो । ७२औं मिनेटमा ब्रान्डन विलियम्सले गोल गर्दै युनाइटेडको उत्साह जगाए । ७७औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

७९औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अगाडी बढाए । खेलको अन्तिम मिनेटमा सेफिल्डका ओलिभर म्याकब्रुनेले गोलगर्दै खेललाई बराबरीमा सकेका थिए । यस बराबरीसँगै १३ खेलबाट १८ अंक बनाएको सेफिल्ड छैटौँ स्थानमा छ । १७ अंक बनाएको युनाइटेड नवौं स्थानमा छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप