काबुलमा भएको हत्याको राष्ट्रसंघद्धारा निन्दा
काबुल । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।
उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती आक्रमणकारीलाई कानुनबमोजिम कारबाही गर्न आग्रह गरेको छ । आइतबार साँझ एकजना व्यक्तिले राष्ट्रसंघका कर्मचारी यात्रा गरिरहेको सवारी साधनमा हमला गरेको थियो ।
सो हमलामा परी केही कर्मचारीको ज्यान गएको थियो भने अरु केही घाइते भएका थिए । उक्त हिंसात्मक हमलाको कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीहरुमाथि यहाँ समय समयमा यस्तै हिंसात्मक हमला हुने गर्दछ । जसका कारण यहाँ कार्यरत अमेरिकी तथा नेटो सैन्य र अन्य कर्मचारीहरुको पनि ज्यान जाने गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण