मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उद्घाटनमा मच्छिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने

शुक्रबार, १३ मङ्सिर २०७६, १६ : ००
शुक्रबार, १३ मङ्सिर २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर २८ गतेदेखि दशरथ रंगशालामा हुने लिगको खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो । लिगका १४ वटा ‘ए’ डिभिजन क्लबको सहभागिता रहनेछ । फागुन ३ गतेसम्म सञ्चालन हुने लिगमा कूल ९१ खेल हुनेछन् ।

एन्फाले यसपटक रेलिगेसन सहितको लिन सञ्चालन गर्ने निर्णय गरेको छ । तालिका सार्वजनिक कार्यक्रममा १२ क्लबको सहभागिता रहेपनि साविक विजेता मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लबले बहिस्कार गरेका थिए ।

एन्फाले लिगको नियमावलीविना खेल तालिका सार्वजनिक गरेको भन्दै दुई क्लबले खेल तालिका सार्वजनिक कार्यक्रम बहिष्कार गरेका हुन् । लिग कुन आधारमा खेल्ने र क्लबको सेवा सुविधा लगायका कुराहरु तय नगरी खेल तालिका सार्वजनिक गरेको मनाङ र च्यासलको भनाई छ । एन्फाले गतवर्ष रेलिगेसन बिनाको लिग आयोजना गरेको थियो । गतवर्ष मनाङ मस्र्याङ्दी क्लबले लिगको उपाधि जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप