गढिमाई मेलामा दुधेबालकको कपाल मुण्डन
बुधबार, १८ मङ्सिर २०७६, १२ : ०९
बारा । गढिमाई मेलामा बुधबार स–साना बालबालिकाको कपाल मुण्डन गरिएको छ ।
छोराछोरी नहुने दम्पत्तिले गढिमाई स्थानमा भाकल गरेपछि सन्तान प्राप्ति पछि उनीहरुको कपाल मुण्डन गराउने चलन रहेको छ ।
मङ्गलबार भारत बिहार सीतामढीका वशिस्ट साहले १ वषीय छोरा आयुषको कपालको मुण्डन गराएका छन् । गढिमाई मेलामा बोकाको बलि दिएपछि उनले छोरा आयुषको कपाल मुण्डन गराएका थिए ।
उनीसँगै रौतहट ईशनाथका सुरेश यादवले पनि आफ्ना डेढ वर्षीय छोरा मोहनको टाउको मुण्डन गराए ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका हजारौँ दम्पत्ति आ–आफ्ना सन्तानको कपाल कट्ने÷मुण्डन गराउने गर्दछन् ।
लामो समयसम्म सन्तान नभएका र छोरी मात्र भएका दम्पत्तिले गढिमाईमा भाकल गर्दछन् ।
मङ्गलबार गढिमाईमा ६ हजार राँगाको बलि दिइएको थियोे ।
बुधबारसम्म बलि दिएको सङ्ख्या ५० हजार बढी हुने अनुमान छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण