एकसाता पछि सर्यो ‘सूर्य किरण’
काठमाडौं । फिल्म ‘सूर्य किरण’को रिलिज मिति परिवर्तन भएको छ । मंसिर २० अर्थात अगामी शुक्रबार प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सूर्य किरण’ एकसाता पछि सरेर मंसिर २७ मा पुगेको हो ।
फिल्मको प्रदर्शन मिति सरेपछि निर्माण युनिटले नयाँपोष्टर समेत सार्वजनिक गरेको छ । फिल्म अमिर दोङले निर्देशन गरेका हुन् ।सविन श्रेष्ठ, मेलिना चेपाङ, रञ्जित तामाङ्ग, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको फिल्ममा अभिनेत्री केकी अधिकारी भूमिकामा छिन् ।
तामाङ फिल्मका केही चलेका कलाकारको समेत अभिनय रहेको फिल्म तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.लिको ब्यानरमा अमृत चेपाङले निर्माण गरेका हुन् । विशाल काल्ताङ, जोगलाल लामाको संगीत तथा दीपक तामाङ, अजय स्याङतानको नृत्य तथा राजु दोङ तामाङको द्धन्द्ध रहेको फिल्ममा अभिषेक माझी र विक्रम मोक्तानको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित
-
कैलालीमा वन अतिक्रमण हटाइयो, ४७ संरचना भत्काइए
-
बागमतीमा असुल गर्नुपर्ने बेरुजु ४ करोडभन्दा बढी
-
अमेरिका र इरान युद्ध अन्त्यका लागि सम्झौता नजिक, हर्मुज जलमार्ग पुनः खुल्ने
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अब राउटे बस्तीमा अनाधिकृत प्रवेश रोकिने, मदिरामा कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण