कविता : साग महाकुम्भ
-रामहरि रिमाल
महाकुम्भ लागेको छ देशमा
सानै सही तर सपनाहरू हुर्केको ठाउँमा
हिजो हारका लज्जाबोध नघन्किँदा
आज रोदनका मीठा आँशु छचल्किएकोमा
महाकुम्भ लागेको देशमा

हरेक जित अनि हारमा नायकत्व देख्छु
इतिहासमा अनेक सुनौला कथा कुँदिएको देख्छु
कष्टको मीठो तर बिझाउने व्यथा
देश मात्र हैन परदेशका सङ्घर्षको कथा
महाकुम्भ लागेको देशमा
समाचारका हरेक पन्ना घोचक लाग्छन्
खेलकुदका पन्ना आजकल रोचक लाग्छन्
हरेक जितमा इतिहास लेखिँदैछ
हारमा पनि जित्ने आशा मडारिएकोमा
महाकुम्भ लागेको देशमा
कतै बाबु, त कतै प्रशिक्षक
कतै श्रीमान, त कतै रक्षक
हरेक आँशुमा खुसी झरेको लाममा
हरेक खुसीले ल्याएको आँशुको भेलमा
महाकुम्भ लागेको देशमा
गर्वले छाती चौडा बनाइँदैछन्
आशाका सञ्चार बौराइँदैछन्
कतिले त भुले होलान् तर पनि
उजेलो नक्षेत्रहरू पलायन भएकामा
महाकुम्भ लागेको देशमा
यो हाँसो केवल देखावटी नहोस्
चारै दिनमा किलकिले घाँटी नहोस्
देशक गहनाहरुले आफ्नो ल्याकत देखाउँदा
राजनीतिले थिलथिलो पारेको अवस्थामा
महाकुम्भ लागेको देशमा
नभागुन आज, हिजोसम्म रवाफ दिनेहरू
देशको विकासका अविछिन्न अङ्गहरु
नजागोस् एक छाकमा तीन छकको भोक
सधैँ लुटको खेल अनि जालझेल भरिएको देशमा
महाकुम्भ लागेको देशमा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण