मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
सारांश
- मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गरेको छ।
- खेलको दोस्रो मिनेटमै काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए।
- खेलको ३७ औँ मिनेटमा एन्टोनी रोबिन्सनले गोल गर्दै अमेरिकालाई १-१ को बराबरीमा ल्याएका थिए भने ५७ औँ मिनेटमा लिरोय सानेले गरेको गोल जर्मनीको जितमा निर्णायक बन्यो।
काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले अमेरिकालाई पराजित गरेको छ । आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा जर्मनीले अमेरिकामाथि २–१ गोल अन्तरको रोमाञ्चक जित निकालेको हो । विश्वकपको तयारीका रूपमा हेरिएको यस खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए ।
खेलको सुरुआतमै जर्मनीले घरेलु टोली अमेरिकामाथि दबाब बनाएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै काइ हाभर्ट्जले गोल गर्दै जर्मनीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुमै पछि परेको अमेरिकाले त्यसपछि खेलमा फर्कन निकै संघर्ष गर्नुपऱ्यो । खेलको ३७ औँ मिनेटमा एन्टोनी रोबिन्सनले सानदार गोल गर्दै अमेरिकालाई १–१ को बराबरीमा ल्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा जर्मनीले पुनः अग्रता लियो । खेलको ५७ औँ मिनेटमा लिरोय सानेले गोल गर्दै जर्मनीलाई २–१ को स्थितिमा पुर्याए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि जर्मनीले जित सुनिश्चित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण