चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने बताए । विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उनले बताए ।
बढ्दो बाहिरी अनिश्चितताका बाबजूद चीनको अर्थतन्त्र समग्रमा स्थिरता कायम राखेको तथा आर्थिक वृद्धि पनि स्थिर नै रहेको जानकारी दिँदै वाङले अन्तर्राष्ट्रिय भुक्तानी सन्तुलित रहेको तथा परिवत्र्य मुद्राको भण्डारण पनि अपेक्षित स्तरमा रहेको बताए ।
चीनले ल्याएको आर्थिक खुलापन र सुधारका कार्यहरुले नै चिनियाँ अर्थव्यवस्थालाई सन्तुलित र भरोसायोग्य बनाएको उनको प्रतिक्रिया छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण