जापानी नागरिकहरुको संस्थामा नेपाली बने अध्यक्ष
काठमाडौं । नेपालको वेसबल खेल विकास गर्न २० बर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् । जापानी नागरिकहरुको गैरसरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारणसभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो ।
यसअघि ब्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् । यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ ।
नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरीरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल हुन् । थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् । क्लबको सल्लाकारमा २० बर्षदेखी क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् ।
२१ बर्षअघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलोपटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए । हाल संस्थाले जापानमा बसेर नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउँदै आएको छ भने संस्कृति आदानप्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालिम उपलब्ध गराउँन सहयोग गर्दै आएको छ । वेसबलको खेल साम्रागी निकै महँगो पर्नेगर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैन्न । यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण