साग पुरुष फुटबल : नेपाल फाइनलमा प्रवेश
आइतबार, २२ मङ्सिर २०७६, १९ : ०४
१
काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितका लागि खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो। सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।
जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ