सागमा नवौं दिनः आज कुन–कुन खेल हुँदै ?
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज सोमबार विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँदैछ । महिला फुटबलको उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पोखरा रंगशालामा खेल्दैछ । नेपाल अघिल्लो संस्करणमा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको थियो । यसपटक नेपाली टोली भारतसँग बदला लिने दाउमा छ । यद्यपी लिग चरणमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो ।
नेपाल पुरुष फुटबलको भने फाइनलमा पुगेको छ । फाइनल खेल समापन समारोह अघि मंगलबार दशरथ ंगशालामा हुनेछ । फाइनलमा नेपाल र भुटान भिड्नेछन् । साग क्रिकेटको अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि सोमबार हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । सागको आठौं दिनसम्म नेपाल ४५ स्वर्ण जितेर पदक तालिकाको दोस्रो स्थानमा छ । एक सय ४५ स्वर्ण जितेको भारत शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण