मिस दक्षिण अफ्रिका बनिन् यस वर्षको मिस युनिभर्स (फोटोफिचर)
जोजुबिनी तुन्जीले सन् २०१९ को मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पारेकी छिन् ।
जर्जियाको एट्लान्टामा आइतबार टाइलर पेरी स्टुडियोमा आयोजित उक्त ब्युटी पेजेन्टमा पहिलो पटक अफ्रिकाकी अश्वेत महिलाले उपाधि हासिल गरेकी हुन् । उनी एक अभियन्ताको रुपमा सक्रिय छिन् र लैङ्गिक हिंसा अन्त्यका लागि विशेष रुपमा काम गरिरहेकी छिन् । तुन्जीका लागि प्राकृतिक सुन्दरता पनि महत्वपूर्ण छ । उनी भन्छिन्, ‘महिलाहरुले आफू जस्तो छन् त्यसैमा खुसी हुनुपर्छ ।’
विजेतको रुपमा आफ्नो नाम घोषणा गरेपछि तुन्जीले आफ्नो दुबै हात जोडेर निधारमा छोइन् र मज्जाले हाँसिन् ।
त्यसपछि उनले लगाइरहेको लामो बाहुला भएको टल्किने गाउन माथिबाट मिस युनिभर्स लेखिएको सास लगाइयो । त्यसपछि लगाइयो मिस युनिभर्सको ताज । मिस फिलिपिन्स र सन् २०१८ की मिस युनिभर्स क्याट्रियोना ग्रेले उनलाई ताज पहिराउँदा उनी केही भावुक पनि बनिन् ।
यो वर्षको ताजलाई ‘एकताको शक्ति’ नाम दिइएको छ । यो ताज १८ क्यारेट सुन र १ हजार ७ सय ७० वटा हिरा जडान गरेर बनाइएको हुन्छ । ताजको बीचमा ६२.८३ क्यारेट तौल भएको सेन्टरपिस स्टोन पनि जडित छ ।
प्रतिस्पर्धामा मिस पुयोर्टो रिको र मिस मेक्सिकोले क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण