पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ‘धन्यवाद प्रस्ताव’ पारित गर्नका लागि मंगलबार साँझ बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो ।
सभामुखले बैठक सुरु भएको बताउनासाथ कांग्रेस सांसदहरू दौडिएर सभामुखको आसन घेर्दै नाराबाजी थालेका थिए । उनीहरूले सहकारी ठगलाई कारबाही गर्नुपर्ने, संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद्मा नाराबाजी गरे ।
प्रतिनिधि सभामा राष्ट्रपतिलाई आधार व्यक्त गर्न गरिने धन्यवादको प्रस्ताव नै अघि बढ्न नसकेपछि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल अघि नबढ्ने देखिएको छ । राजनीतिक दलहरूबिच सहमति नभएमा जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेट कार्यक्रम पनि सहज ढङ्गले अघि बढ्न मुस्किल देखिएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण