एयरपोर्ट नजिकैको गेस्टहाउसमा लगेर ३ बालिकामाथि यौनशोषण गर्ने अमेरिकी नागरिक पक्राउ
सोमबार, २३ मङ्सिर २०७६, १६ : ०५
काठमाडौँ । तीन बालिकालाई आर्थिक प्रलोभन देखाइ यौन शोषण गरेको अभियोगमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडी रहेका छन् ।
उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ ।
प्रहरीले उनीबाट अन्य कोही पिडित भएको जानकारी भएमा उजुरी दिन समेत आह्वान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण