उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव छैन: मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री विना मगरले खानेपानी उपभोक्ता समितिबिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छिन् । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन् ।
उनले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भिर रहेको समेत बताइन् । कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमुना आयोजनाको रुपमा स्थापित भएको बताउँदै उपभोक्ताहरुको विश्वास बढेको बताए । उनले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिञ्चाईं सरहलाई दिने सहुलियत नदिँदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गरे ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले आयकर तथा भ्याट लगतयका समस्या समाधानका लागि मन्त्रालयले अर्थमन्त्रालयसँग निरन्तर छलफल गरिरहेको बताए । उनले उपभोक्ता समितिहरुलाई सेवामुलक संस्थाको रुपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे । त्यस्तै उनले ग्रामिण क्षेत्रका खानेपानी आयोजनाको लिफ्टिङका लागि सरकारले विद्युत महसुलमा छुट दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण