कविता : धुँवा
-साकार बाबु सुबेदी
एक जोर स्थिर मेरा आँखाहरूले,
निसङ्कोच भेटेकै हुन जवाफहरू,
प्रतिस्पर्धि भीडहरूबाट छुट्टिएको,
तिम्रो गर्विलो मुहारका रवाफहरू ।
तिमी थियौ, अनि समय साथैमा थियो,
शर्तहरू एक एक पूरा गर्ने आँट थियो ।
जग बसाल्दाका ईँटहरूमाथि थपिएको,
एक अर्काे शर्तको ईँट थप्ने छाँट थियो ।
निरन्तर खेर गएका मेरा श्वासहरूले,
ननिकाले कै हुन नरसिँगाका आवाजहरू,
करारमा सही थाप्न भयभित भएका,
मेरा सुक्दै गएका स्वरयन्त्रका अन्दाजहरू ।
बाटो राम्रै थियो, समय सँगै दोबाटो भयो,
पथिक साटिने ठट्टाखेल नै मायाजाल भयो ।
ऐना नियाल्दै अफुलाई युधिष्ठिर ठानिएको,
एक अर्काे सत्य मुकाम जुवाको खाल भयो ।
खप्टिएर अर्कैले समाएका तिम्रा हातहरूले,
हावामा हल्लिएर दिएका बिदाइका सूचनाहरू,
कोशौंसम्म धुलो उडाएर मुखमा छ्यपिएका,
मेरा मर्दै गएका अमर प्रेमका तिम्रा निशानहरू ।
भैंसेपाटी, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण