त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित ४ विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला पक्राउ परेका हुन् ।
उनीहरुको साथमा रहेको सुटकेशहरु चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीन किलो गरी जम्मा ६ किलो कोकिन सहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए ।
उनीहरुकै बयानका आधार लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकहरुलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन् । उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुम्बईका कप्तान हार्दिक पाण्ड्या र गुजरातका प्रशिक्षक आशिष नेहरालाई जरिवाना
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना