त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित ४ विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलारुसका एबी २७१२०६० नम्बर राहदानी भएका २१ वर्षीय पाभेल भेसिलयु र राहदानी नम्बर केएच २४६४४२६ भएकी २१ वर्षीया एलिना एल्डोसाइनाला पक्राउ परेका हुन् ।
उनीहरुको साथमा रहेको सुटकेशहरु चेकजाँच गर्दा पाभेलको साथबाट तीन किलो र एलिनाको साथबाट तीन किलो गरी जम्मा ६ किलो कोकिन सहित नियन्त्रणमा लिइएको हो । उनीहरुले सुटकेशभित्र ज्याकेटमा फल्स बटन बनाएर कोकिन लुकाएका थिए ।
उनीहरुकै बयानका आधार लाजिम्पाटमा रहको होटल लास्ट गार्डेनको कोठा नम्बर ३०४ बाट २ जना वोलिभियाका नागरिकहरुलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बोलिभियाका रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज रहेका छन् । उनीहरुमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ
-
अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास
-
एभरेस्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी
-
संसद् चलाउन एक कदम पछाडि हटेका हौँ, प्रधानमन्त्रीलाई माफी दिएका होइनौँ : प्रमुख सचेतक दुलाल
-
झापामा २४ जना फरार अभियुक्त पक्राउ
-
अमेरिकी अधिकारीहरू भर्ती गर्न प्रयोग गरिएका १२ भन्दा बढी वेबसाइट एफबीआईको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण