आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आइएमईका उत्कृष्ट १५ व्यावसायिक साझेदार बाकु भ्रमणमा

सोमबार, ०७ पुस २०७६, १५ : ५९
सोमबार, ०७ पुस २०७६

काठमाडौं– आइएमई लिमिटेडले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । 

आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’ को कारोबारमा सबैभन्दा बढी योगदान पु¥याउने व्यावसायिक साझेदारलाई पनि समावेश गरिएको छ । 

आइएमई केन्द्रीय कार्यालय पानीपोखरी काठमाडौंमा आयोजित एक विशेष समारोहकावीच आइएमईका महाप्रवन्धकद्वय रुद्रराज पौडेल र खिलेन्द्र पौडेलले भ्रमण टोलीलाई विदाई गरे ।

विदाई कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै महाप्रवन्धकद्वयले आइएमईको व्यावसायिक यात्रामा आइएमईका व्यावसायिक साझेदारहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 

आइएमईले आफ्नो स्थापना कालदेखि नै आमसेवाग्राहीमूखि र व्यावसायिक साझेदारमूखि विभिन्न प्रवर्धनात्मक कार्यक्रम संचालन गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप