शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जाउलाखेल र संकटाको बराबरी

बिहीबार, १० पुस २०७६, १९ : २०
बिहीबार, १० पुस २०७६

काठमाडौं । जाउलाखेल युथ क्लब र संकटा क्लले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।  दशरथ रंगशालामा बिहिबार भएको खेलमा जाउलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । संकटाले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । संकटाका लागि लक्ष्मण रुचालले गोल गरे ।

३६ औं मिनेटमा रुचालले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । रुचालको लामो प्रहार सोझै गोल भएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको जाउलाखेलले ७२ औं मिनेटमा बराबरी गोल गरेको थियो । जाउलाखेलका  ड्याडी जुनियर बाम्बाले  हेड गोल गरे । उनले हरि कठायतको लामो फ्रिकक पासमा गोल गरेका थिए ।

संकटाका विदेशी खेलाडी अर्जेस्ट टाम्पी म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा तीन खेल सकेको जाउलाखेलले बराबरीसँगै पाँच अंक बनाएको छ । संकटाले समान खेलबाट चार अंक जोडेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप