अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
काठमाडौँ । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो ।
पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जबाफी व्याटिङ गरेको विनवार्डसले १८.४ ओभरमा १३० रनमै समेटियो ।
नेपाले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले ।
यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे । सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए । सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे । सुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए ।
विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट र डेरिन नेडले दुई दुई विकेट लिए । १८० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको विनवार्डसले सुरुआत राम्रो गरेपनि मध्यक्रम फ्लप भएको थियो । पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रुनको साझेदारी गर्दै नेपाली बलरमाथि हाबी भएका थिए । उक्त साझेदारीलाई नेपालका कुशल भुर्तेलले तोडेका थिए । उनले सन्दीप जोराबाट क्याच आउट गर्दै मेलियुसलाई आउट गराए । उनी २७ बलमा ५० रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि खेलमा फर्किएको नेपालले अन्य खेलाडीलाई हाबी हुन दिएन । दोस्रो सर्वाधिक रनको रुपमा अगस्टीले १८ बलमा २५ रन बनाए । उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरेका थिए । लेरी एडवार्डले १४ बलमा १२ रन बनाउँदा डिलोन डगलसले ८ बलमा ११ रन जोडे ।
नेपालका गुलसन झा र कुशल भुर्तेलले तीन तीन विकेट लिए । गुलसनले ३ ओभरमा १८ रन खर्चिदा भुर्तेलले ३ ओभरमा १२ रन दिएका थिए । यस्तै, सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहोराले समान एक एक विकेट लिए ।
यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ । अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण