जब एक किशोरीले विमानस्थलमा रोकिराखेको विमान चोर्ने प्रयास गरिन्....
शनिबार, १२ पुस २०७६, १३ : ११
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो योशिमाइट अन्तराष्ट्रिय विमानस्थलबाट विमान चोर्न लागेको आरोपमा एक जना १७ वर्षकी युवती पक्राउ परेकी छन् ।
प्रहरीका अनुसार ती किशोरी विमानस्थलको तारजालीबाट चढेर विमान रोकिराखेको स्थानमा पुगेकी थिइन् ।
उनले त्यहाँ एक सानो आकारको विमान सुचारु गरेकी थिइन् । नाम नखुलाइकी ती किशोरीले विमान केही पर गुडाएको भए पनि विमान उड्नु अघि विमानस्थलको एक संरचनाको भित्तामा गएर ठोक्कियो ।
विमानस्थलले विमान ठोक्किनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ ।
विमानस्थलका प्रहरी प्रमुख ड्यू बेसिन्गरले घटनाको पुष्टि गर्दै विमानमा ठूलो क्षति पुगेको भए पनि युवती भने सकुशल रहेको बताए ।
किशोरीलाई पछि प्रहरीले विमानचोरीको आरोपमा हिरासतमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण