आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जब एक किशोरीले विमानस्थलमा रोकिराखेको विमान चोर्ने प्रयास गरिन्....

शनिबार, १२ पुस २०७६, १३ : ११
शनिबार, १२ पुस २०७६

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो योशिमाइट अन्तराष्ट्रिय विमानस्थलबाट विमान चोर्न लागेको आरोपमा एक जना १७ वर्षकी युवती पक्राउ परेकी छन् । 

प्रहरीका अनुसार ती किशोरी विमानस्थलको तारजालीबाट चढेर विमान रोकिराखेको स्थानमा पुगेकी थिइन् । 

उनले त्यहाँ एक सानो आकारको विमान सुचारु गरेकी थिइन् । नाम नखुलाइकी ती किशोरीले विमान केही पर गुडाएको भए पनि विमान उड्नु अघि विमानस्थलको एक संरचनाको भित्तामा गएर ठोक्कियो । 
विमानस्थलले विमान ठोक्किनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ । 

विमानस्थलका प्रहरी प्रमुख ड्यू बेसिन्गरले घटनाको पुष्टि गर्दै विमानमा ठूलो क्षति पुगेको भए पनि युवती भने सकुशल रहेको बताए । 

किशोरीलाई पछि प्रहरीले विमानचोरीको आरोपमा हिरासतमा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप