सहरका होडिङ बोर्ड हटाउने निर्णयको व्यवसायीद्वारा विरोध
काठमाडौँ । साइनोज एसोसिएसन नेपालले बोर्ड तथा होडिङ बोर्ड हटाउने सरकारको निर्णय तत्काल रोक्न माग गरेको छ ।
७५ हजार भन्दा बढी युवाहरु बेरोजगार हुने भन्दै साइनोजले सरकारको उक्त निर्णय तत्काल रोक्न माग गरेको हो ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै साइनोजले सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पनि माग गरेको छ ।
बोर्डहरु हटाउनै परे यसमा गरिएको लगानी सुरक्षाको वातावरण सरकारले बनाउनुपर्ने माग गरिएको साइनोजका कोषाध्यक्ष अनन्त गौतमले बताए । उनले सम्पूर्ण सरोकारवाला व्यक्ति राखी होर्डिङ बोर्ड तथा विज्ञापन बोर्डको नीति ल्याउनुपर्ने, स्थानीय उत्पादन र कम मूल्यमा विज्ञापन गर्न पाउने उद्यमीहरुको नैसर्गिक अधिकार सुरक्षित गर्नुपर्ने माग सरकारसँग गरिएको बताए ।
विज्ञापन संघका अध्यक्ष रविन्द्र रिजालले जथाभावी निर्णय गरेर नागरिकको दैनिकी नखोस्न सरकारलाई आग्रह गरे ।
होडिङ बोर्ड गृहमन्त्रालयले हटाउने की, पर्यटन मन्त्रालयले हटाउने वा ट्राफिक प्रहरी कसले हटाउने ? स्पष्ट नीति बन्नुपर्ने उनले बताए । उनले निमुखा मारेर वैदेशिक रोजगारीलाई प्रसय नदिन समेत आग्रह गरे ।
गृहमन्त्रालयले बिहीबार सहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने निर्णय गरेको थियो ।
काठमाडौँ महानगरपालिकाभित्र चार समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने र अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गृहले गरेसँगै व्यवसायी आन्दोलित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण