शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिग : थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

शनिबार, १२ पुस २०७६, १८ : २३
शनिबार, १२ पुस २०७६

काठमाडौँ । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको हो ।

थ्रीस्टारको जितमा अनन्त तामाङले हेड गोल गरे । अनन्तले १५औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिक पासमा उत्कृष्ट हेड गोल गरेका थिए । एपीएफले दोस्रो हाफमा केही गोल गर्ने मौका बनाएपनि सदुपयोग गर्न सकेन । 

थ्रीस्टारका अनन्त म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पाए । थ्रीस्टार र एपीएफको यस खेलसँगै लिगमा तेस्रो चरणको खेल पनि सकिएको छ ।

जितसँगै थ्र्रीस्टारले तीन खेलबाट सात अंक बनाएको छ । शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबको समान खेलबाट नौ अंक छ । ६ अंक सहित मच्छिन्द्र तेस्रो स्थानमा छ । दोस्रो हार खेपेको एपीएफको एक अंक छ ।

पहिलो खेलमा मनाङसँग २–० गोलले पराजित भएको एपीएफले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप