टी–२० विश्वकप क्रिकेट : औपचारिक अभ्यास खेलमा नेपालको प्रतिद्वन्द्वी क्यानडा र अमेरिका
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ । प्रतियोगितामा २० राष्ट्रको सहभागिता रहेको छ ।
प्रतियोगितामा सहभागी हुन अधिकांश टोली आयोजक राष्ट्र पुग्नेक्रम जारी छ । नेपाली टोली पनि यसअघि नै अमेरिका पुगिसकेको छ । प्रतियोगिता सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले प्रत्येक टोलीलाई दुईवटा औपचारिक अभ्यास खेल खेलाउने कार्यक्रम तय गरेको छ ।
यस क्रममा नेपालले पनि प्रतियोगिता सुरु हुनुअघि दुईवटा अभ्यास खेल खेल्नेछ । तर, नेपालले अभ्यास खेलमा टेस्ट राष्ट्रलाई प्रतिद्वन्द्वीका रूपमा पाएन । अभ्यास खेल मे २७ देखि जुन १ तारिखसम्म अमेरिका र ट्रिनिडाड एन्ड टोबागोमा खेलिने आईसीसीले जनाएको छ ।
नेपालले आफ्नो पहिलो औपचारिक अभ्यास खेल मे २७ तारिखमा क्यानडासँग खेल्नेछ । उक्त खेल अमेरिकाको टेक्ससमा खेलिने छ । सोही दिन ओमान र पपुवा न्यु गिनी तथा नामिबिया र युगान्डाबिच पनि अभ्यास खेल हुनेछ ।
नेपालले आफ्नो दोस्रो अभ्यास खेल मे ३० तारिखमा आयोजक राष्ट्र अमेरिकासँग खेल्नेछ । उक्त खेल पनि टेक्ससमै खेलिने छ । सोही दिन स्कटल्यान्ड र युगान्डा, नेदरल्यान्ड्स र क्यानडा, नामिबिया र पपुवा न्यु गिनी तथा वेस्ट इन्डिज र अस्ट्रेलियाबिच अभ्यास खेल खेलिने छ ।
त्यसअघि मे २८ तारिखमा श्रीलङ्का र नेदरल्यान्ड्स, बङ्गलादेश र अमेरिका तथा अस्ट्रेलिया र नामिबियाबिच अभ्यास खेल खेलिने छ । मे २९ तारिखमा अफगानिस्तान र ओमानबिच अभ्यास खेल खेलिने छ ।
यसैगरी मे ३१ तारिखमा आयरल्यान्ड र श्रीलङ्का तथा अफगानिस्तान र स्कटल्यान्डबिच अभ्यास खेल हुनेछ । जुन १ तारिखमा बङ्गलादेशले भारतसँग अन्तिम अभ्यास खेल खेल्नेछ । सोही दिन टी–२० विश्वकपको नवौँ संस्करण पनि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण