कांग्रेस संसदीय दलको बैठक
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
शुक्रबार, ०४ जेठ २०८१, २२ : ०५
काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बिहीबार सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ ।
‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भने ।
लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिए । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण